नियम २०ङ
दर्ता प्रमाणपत्र परीक्षा
(१) ऐनको दफा ७क. को उपदफा (१) को खण्ड (घ) को प्रयोजनको लागि काउन्सिलले दर्ता प्रमाणपत्र परीक्षा लिनेछ ।
(२) उपनियम (१) बमोजिमको दर्ता प्रमाणपत्र परीक्षा देहायको कुनै एक वा एकभन्दा बढी तरीकाबाट सञ्चालन गर्न सकिनेछः–
(क) लिखित परीक्षा,
(ख) प्रयोगात्मक परीक्षा, र
(ग) अन्तर्वार्ता ।
(३) दर्ता प्रमाणपत्र परीक्षा दस्तुर अनुसूची–९ मा तोकिए बमोजिम हुनेछ ।
(३क) नेपालमा चिकित्साशास्त्रका मेडिकल वा डेन्टल विषयमा ८ स्नातक तह उत्तीर्ण गरेका विदेशी विद्यार्थीले समेत उपनियम (१) बमोजिमको दर्ता प्रमाणपत्र परीक्षामा भाग लिन पाउनेछन्। (४) दर्ता प्रमाणपत्र परीक्षा सम्बन्धी अन्य व्यवस्था काउन्सिलले तोके बमोजिम हुनेछ ।
(५) दर्ता प्रमाणपत्र परीक्षा उत्तिर्ण गरेको चिकित्सकको नाम ऐन र यस नियमावलीमा लेखिएका अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ता गरिनेछ ।